पर्वत- मोदी गाउँपालिका-६ रातामाटा बस्ने कृष्ण बहादुर लामिछानेको छोरा १२ वर्षीय सन्देश लामिछाने सोही गाउँपालिका-७ स्थित दराज जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । मंसिर २६ गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।
दोलखा बैतश्वर गाउँपालिका-३ मृगे बस्ने ३४ वर्षीय योगेश योगीको लडेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ मझुवस्थित बारीमा उतिसको रुख काट्न गएकोमा रुख ढालेपछि भाग्ने क्रममा लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बागलुङ बडिगाड गाउँपालिका-१ वेतनीस्थित जिमी सक्नियर खानेपानी तथा सरसफाई आयोजनामा काम गर्ने सोही गाउँपालिका-२ जिमी बस्ने २४ वर्षीय कमल गिरीको लडेर मंगलबार साँझ मृत्यु भएको छ । पाईप लाईन खनि फर्कने क्रममा गोरेटो बाटोबाट करिब ३५ मिटर तल भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।