काठमाडौं- काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट पर्सा पकाहमैनपुर गाउँपालिका-२ बस्ने २० वर्षीय सुनिल साहलाई नियन्त्रित लागूऔषध ५ सय एम्पुल डाईजेपाम, ५ सय एम्पुल नुफिन, ५ सय एम्पुल फेनारगन र ९ सय ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा मेचिनगर नगरपालिका-६ मेची पुलबाट दमक नगरपालिका-५ बस्ने ३६ वर्षीय राजु विकलाई ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका राजुलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।