भैरहवा- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ ।
शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो ।
संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरिएको थियो ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको तिवारी बताउनुभयो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।