काठमाडौं- दाङ बबई गाउँपालिका-५ जौबारीस्थित घुमाउरेको जंगलमा रुपन्देही शुद्धोधन गाउँपालिका-७ बस्ने ३७ वर्षीय रामबली चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ विराटनगर महानगरपालिका-५ डेरा गरी बस्ने तेह्रथुम साब्ला ९ घर भएका ५३ वर्षीय भक्त बहादुर सार्की आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित बुत्ले खोल्सी जंगलमा सडिगलेको अवस्थामा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव बिहीबार फेला परेको छ ।
पाल्पा निस्दी गाउँपालिका-७ चारघरेस्थित बिजुलीको पोलबाट लडेर नवलपरासी (पश्चिम) वर्दघाट नगरपालिका-१२ बस्ने ३६ वर्षीय पशुपति चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ ।करेन्ट प्रवाह नभएको बिजुलीको नाङ्गो तार तान्न काठको बिजुलीको पोलमा चढेको अवस्थामा पोल भाँचिन गई लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।