बेइजिङ- शोधकर्ताहरूले चीनमा एक डाइनोसरको भ्रुण फेला पारेका छन्, जो जन्मिँदा जन्मिँदै भ्रुणमै म¥यो ।
भूस्खलनको दौरान पोथी डाइनोसर आफूले सुरक्षा दिइरहेका अण्डाहरू सहित जमिनमा धसिई । त्यो पोथी डाइनोसनर मात्र मरिन, अण्डामा पूर्ण विकसित भ्रुणबाट बच्चा पनि जन्मिन पाएन ।
डाइनोसर एक समयमा पृथ्वीको सबैभन्दा ठूलो जीव थियो । भनिन्छ, डाइनोसर लोप भएसँगै मानव जाति पृथ्वीमा फैलिन पायो ।
शोधकर्ताहरूका अनुसार चीनमा भेटिएको डाइनोसरको अण्डामा रहेको भ्रुण पूर्ण रूपमा विकसित भइसकेको थियो र बच्चा जन्मिने प्रक्रियामा थियो ।
दक्षिण चीनको गोन्झाऊमा उक्त अण्डा शोधकर्ताहरूले फेला पारेका हुन् । उक्त अण्डा कम्तिमा ६ करोड ६० लाख वर्ष पुरानो भएको उनीहरूको अनुमान छ ।
उक्त अण्डा दाँतविहीन थेरोपोड डाइनोसरको हुन सक्ने शोधकर्ताहरूको अनुमान छ । अण्डामा भेटिएको भ्रुणलाई शोधकर्ताहरूले येङलियाङ नाम दिएका छन् ।
शोधकर्ता डा. फियोनका अनुसार हालसम्म भेटिएका डाइनोसरका अण्डामा प्राप्त भ्रुणमध्ये यो सबैभन्दा राम्रो अवस्थामा पाइएको छ । र, त्यसबाट डाइनोसर र हालका पन्छीहरूको सम्बन्धको कडी पत्ता लगाउन मद्दत मिल्ने विश्वास लिइएको छ ।