काठमाडौं- काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्याण्ड व्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।