काठमाडौं- प्रवासमा रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका गायक हरि लिम्बू र गायिका मेलिना राईको स्वरमा ‘दिलको हरन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा विष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द छ । उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । पल शाह र स्वस्तिमा खड्काले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो ।