लमजुङ- बेसीशहर नगरपालिका-८ नारानथान बस्ने सुरेश श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय बिनोद थापा सहित ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १८ हजार रुपैयाँ र १६ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।