काठमाडौं- बागलुङ बडिगाड गाउँपालिका-८ खोलाखर्कबाट ३ केजी अवैध लागूऔषध चरेस र करिब ६० केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका बस्ने ६५ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ हजार ४ सय ४० ट्याब्लेट नाईट्राभेट सहित सर्लाही मोहनपुर गाउँपालिका-५ बस्ने २० वर्षीय गुड्डु कुमार रामलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-००१ ख १८०३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार रामलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।