काठमाडौं- काठमाडौं महानगरपालिका-३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामीलाई ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालक सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मरुछासपाखास्थित थामीको डेराबाट करिब १ करोड १० लाख रुपैयाँमा बिक्री गर्ने उद्देश्यले लिई आएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको हो ।