काठमाडौं- नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ हुलाकी खोला बस्ने ६९ वर्षीय धन बहादुर थापा सोही गाउँपालिका-२ दुम्किबास बजारस्थित नवनिर्मित घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घरबाट आइएमई मार्फत पैसा निकाल्न जान्छु भनि हिँडेकोमा साँझसम्म घर नआएपछि खोजी गर्न क्रममा उक्त घरमा उनको शव फेला परेको हो ।
दैलेख नौमुले गाउँपालिका-६ सीलाडी भन्ने स्थानमा सोही गाउँपालिका-४ घर भई हाल सुर्खेत बस्ने ९० वर्षीय धन बहादुर बस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन भरतपुर महानगरपालिका-३ पुलचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी बर्दिवास नगरपालिका-३ भप्सी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।