काठमाडौं- कञ्चनपुर बेलौरी नगरपालिका-८ पचुई कालोपुल नजिकबाट करिब ९ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २८ वर्षीय लक्ष्मण सिंह धामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा दमक नगरपालिका-७ मानव अधिकार टोलबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ५० वर्षीया मुन्नी बेगमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बेगमको घर जाँच गर्ने क्रममा प्लाष्टिकमा पोका पारी टीनको बाकसभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।