मोरङ- उपचारका लागि आएका सर्वसाधारणलाई आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दु:ख हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका-५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका-१२ बस्ने ३९ वर्षीय शिव कुमार कामत रहेका छन् ।
विराटनगर महानगरपालिका-७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दु:ख हैरानी दिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।