काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन अन्तर्गत सह-महामन्त्रीको विभिन्न क्लष्टरको मतगणना आज पनि भइरहेको छ ।
सह-महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खस(आर्यको मतगणना आज बिहान ९ बजेबाट सुरु भएको निर्वाचन समितिले जनाएको हो।
सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ । जसमा आदिवासी जनजाति, महिला र दलितबाट क्रमशः भिष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना र दलिततर्फ जीवन परियार निर्वाचित भइसक्नु भएको छ । अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र अन्तरगतको नतिजा आउन बाँकी छ ।
सह(महामन्त्री खसआर्यमा किशोरसिंह राठोर र देवराज चालिसे उम्मेदवार छन् । यस्तै मधेसीबाट महेन्द्र यादव र रामकृष्ण यादव उम्मेदवार छन् ।
थारुबाट उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा मुस्लिमबाट फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिस्पर्धामा छन् ।
यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।