काठमाडौं- नवलपरासी(पूर्व), चितवन, रुपन्देही, झापा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका-२ डाडाजोरमा लु.४ त ४९७० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय बिपिन विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल भरतपुर चितवनतर्फ पठाइएको छ ।
चितवन भरतपुर महानगरपालिका-११ बिशाल चोकमा ना.१ क ४७९८ नम्बरको बसले ना.६१ प ४४०८ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-२ बस्ने ५५ वर्षीय रामहरी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवास्थित भित्री सडकमा लु.४३ प १८३३ नम्बरको मोटरसाइकल र ना.१ ह ७५०३ नम्बरको अटो रिक्सा एक-आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ सिसवा बस्ने २४ वर्षीय भुजेल अहमदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भए उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापा कन्काई नगरपालिका-७ दुर्गापुरस्थित सडकमा ना.५ ख ७९३७ नम्बरको बस र मे.७ प २८४६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक ईलाम रोङ गाउँपालिका-६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्र बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा कन्काई नगरपालिका-३ स्थित सडकमा ना.६ ख ५७१३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने ३८ वर्षीया राधिका सेडाईको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोड हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ साह टोलस्थित सडकमा प्र.१-०२-०४४ प ३५४० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय बैजनाथ ऋषिदेवको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना सोही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ पठाइएको छ ।