काठमाडौं- रौतहट गौर नगरपालिका-१ स्थित पोखरीमा सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अख्ला खान मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ रंगेली नगरपालिका-२ नहर टोल बस्ने चन्द्र उराउकी छोरी २ वर्षीया युनिसा उराउको आफ्नै घरदेखि ३० मिटर टाढा खाल्डोमा गाडेको अवस्थामा मंगलबार शव फेला परेको छ । घरमा कोही नभएको अवस्था आइतबार दिउँसोदेखि आफ्नै घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सहितको टोली खटिई गई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
दाङ घोराही उपमहानगरपालिका-१९ तिर्साङ बस्ने ३३ वर्षीया शान्ति कामी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
दोलखा कालिञ्चोक गाउँपालिका-१ कुरी बस्ने ५० वर्षीय ओदिम पाख्रिन आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।