काठमाडौं– नेपाली कांग्रेसको सभापतिका प्रत्यासीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान सुरु भएको छ ।
मंगलबार दिउँसो साढे ३ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो । पहिलो चरणमा भएको मतदानमा बढी मत ल्याउने दुई प्रतिस्पर्धी वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच मात्रै अब प्रतिस्पर्धा हुने छ ।
प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले खसालेसँगै मतदान सुरु भएको हो । सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसालेका छन् ।
मतदान आज साँझ साढे ७ बजे नै सकिने र राति अबेरसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।