काठमाडौं- कांग्रेस सभापतिका लागि मंगलबार अपराह्न साढे तीन बजेदेखि दोस्रो चरणको मतदान हुने भएको छ ।
निर्वाचन समितिले सूचना प्रकाशित गर्दै दोस्रो चरणको मतदानको समय सार्वजनिक गरेको हो । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत अनिवार्य ल्याउनुपर्छ ।
पहिलो चरणको निर्वाचनमा अग्रता लिए पनि सभापति उम्मेदवार शेरबहादुर देउवाले ५१ प्रतिशत मत पु¥याउन सकेनन् । सोही कारण दोस्रो चरणको मतदान हुन लागेको हो ।
पहिलो चरणमा देउवाले २२५८, डा. शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । खसेको ४६७९ मध्ये ७६ मत बदर भएको थियो ।