श्रीनगर- जम्मू-कश्मीरको श्रीनगरमा सोमबार साँझ भएको आक्रमणमा परी दुई प्रहरीको मृत्यु भएको छ ।
प्रहरीको बसमा भएको आक्रमणमा परी एक सहायक निरीक्षक (असई)सहित दुई प्रहरी मारिएका हुन् ।
कश्मीर जोन प्रहरीले त्यसलाई चरमपन्थी आक्रमण बताएको छ । उक्त आक्रमण श्रीनगरको जेवन इलाकामा भएको हो ।
आक्रमणमा घाइते भएका १२ प्रहरीको उपचार भइरहेको छ । बसमा १४ जना प्रहरी सवार थिए । अँध्यारोको फाइदा उठाउँदै आक्रमणकारीले बसमा अन्धाधुन्द आक्रमण गरेका थिए ।