स्टकहोम (बीबीसी)- स्विडेनको तटीय इलाकास्थित बाल्टिक सागरमा दुई मालवाहक पानीजहाज ठोक्किएका छन् ।
घटनामा ती जहाजमा सवार कम्तिमा दुई व्यक्ति समुद्रमा डुबेको अधिकारीहरूको आशंका छ ।
स्विडेनको मेरीटाइम एडमिनिस्ट्रेसन (एसएमए)का अनुसार सोमबार भएको घटनापछि एउटा जहाज पानीमा डुबेको छ । उक्त जहाज डेनमार्कको करिज होजमा पञ्जीकृत छ ।
एसएमएका प्रवक्ता जोनस फ्रेन्जेनका अनुसार अत्यधिक चिसो पानी र भित्री सतह अँध्यारो भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।