काठमाडौं- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार जारी मतदानमा अपराह्न पौने चार बजेसम्ममा १३६५ मत खसेको छ ।
बिहान ८ बजेदेखि निर्धारित मतदान मध्याह्न १२ बजे मात्र शुरु भएको थियो । निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थानमा ८५२ मत खसेको छ ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।