काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतकी राजदूत निकोला पोलिटबीच सोमबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।