Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home कल्चर/हेरिटेज

वनस्पतिको संग्रहालय गोदावरी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २७ गते, १५:४३ बजे प्रकाशित
in कल्चर/हेरिटेज
0
वनस्पतिको संग्रहालय गोदावरी
96
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- ललितपुरको गोदावरी पिकनिकस्थल र घुमफिर गन्तव्यका रूपमा परिचित छ। सहरका बासिन्दा दैनिक कामकाज, तनाव र थकानबाट मुक्ति पाउन त्यहाँ पुग्छन् । थकान र तनावबाट मुक्ति पाउन प्रकृतिसँगको सामीप्यले जादुकै जस्तो काम गर्छ। यस क्षेत्रको परिचय यतिमै सीमित छैन। वैज्ञानिकहरूका लागि यो प्राकृतिक अनुसन्धानको प्रयोगशाला नै हो। दशकौँ पुराना रूख र वनस्पतिको साझा भण्डार पनि हो, यो।

झट्ट सुन्दा सम्पदा शब्दले धार्मिक÷सांस्कृतिक धरोहरलाई बुझाउँछ। तर, नेपाल त्यस्तो मुलुक हो, जो प्राकृतिक सम्पदाहरूबाट पनि भरिपूर्ण छ। त्यही प्राकृतिक सम्पदाको संरक्षणमा अग्रणी स्थानमा छ, गोदावरी। ‘बेलायत, मेक्सिकोलगायत मुलुकले बायो-डोम अवधारणामार्फत बोटबिरुवा र वनस्पति रोपेर खाली जमिनलाई बगैँचामा परिणत गरेका छन्,’ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘नेपाल त्यस्तो देश हो, जहाँको भूगोल र प्राकृतिक सन्तुलन आफैँमा बायो-डोम छ।’ त्यसको एक दरिलो उदाहरण गोदावरी भएको उनी बताउँछन् ।

यहाँ दुईवटा पाटा छन् – राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला। कार्यालय प्रमुख अधिकृत दीपक लामिछानेका अनुसार उद्यानभित्रका उद्यान विकास, वनस्पति संरक्षण तथा शिक्षा, फ्लोरिकल्चर र जडीबुटी शाखाले यहाँका रूख, बिरुवा, वनस्पति, जडीबुटी र फूलको रेखदेख र संरक्षण गर्छन्। हिमालका भोजपत्रदेखि पहाडका गुराँस र तराईका साल, सिसौजस्ता रूख, बुट्यान र वनस्पति पाइन्छन्, उद्यानमा।

१२ कात्तिक ०१९ मा ‘शाही वनस्पति उद्यान’को नाममा यसको स्थापना भएको थियो। ०६२-६३ को परिवर्तनपछि राजतन्त्र हटेसँगै यसलाई राष्ट्रिय वनस्पति उद्यान नामकरण गरियो। यहाँ अहिले पाँच सय ७५ प्रजातिका फूल, दुई सय ९० प्रजातिका पक्षी, दुई सय ५० प्रजातिका पुतली र अनगिन्ती वनस्पति पाइन्छन् । ‘त्यसैले धेरै वनस्पति र प्राणीको जीवन्त संग्रहालय हो, गोदावरी,’ वनस्पतिविद् श्रेष्ठ भन्छन् ।

झट्ट सुन्दा सम्पदा शब्दले धार्मिक÷सांस्कृतिक धरोहरलाई बुझाउँछ। तर, गोदावरीले आफूलाई प्राकृतिक सम्पदाहरूको केन्द्रका रूपमा विकास गराएको छ। यहाँको भिआइपी गार्डेनमा विभिन्न प्रकारका रूख, बुट्यान छन् । गोदावरीनजिकको फूलचोकीमा वसन्त ऋतुमा गुराँस र चुत्रो फुल्छन् । ती दुवै गोदावरीमा पनि पाइन्छन् । ‘रातो पुवाँले’ पनि गोदावरीको विशेष फूल हो। फूलचोकीको जंगल वन्यजन्तुको राम्रो वासस्थान पनि मानिन्छ।पछिल्लो समय पुष्प व्यवसायलाई निजी क्षेत्रले एक मुख्य व्यवसाय बनाएको छ। तर, नेपालका रैथाने फूलहरूको व्यावसायीकरण अझै हुन नसकेको श्रेष्ठ बताउँछन् ।

उनका अनुसार पुष्प व्यवसायमा ब्राजिली, मेक्सिकन फूलहरूको मुख्य हिस्सा देखिन्छ। ‘नेपालको सुनगाभाबाहेकका फूललाई व्यवसायीकरण गराउन सकिएको छैन,’ उनी भन्छन्, ‘गुराँसलगायत फूललाई व्यावसायिक रूप दिन अझै समय लाग्ने देखिन्छ।’

सहरनजिकमै सुविधा उपलब्ध हुँदा पनि रैथाने वनस्पतिबारे गहन अध्ययन र अनुसन्धान अझै हुन नसकेको उनको ठम्याइ छ। यस्तै, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला सन् १९६१ मा स्थापना भएको हो। हर्बेरियमको अर्थ वनस्पति संग्रहालय हो। यहाँ फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजार वनस्पतिका नमुना राखिएका छन् । तीमध्ये एक लाख ४५ हजार फूल फुल्ने प्रजातिका रहेको प्रयोगशालाका प्रवक्ता गंगादत्त भट्ट बताउँछन् । यस संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा ‘केएटीएच’ नामबाट पनि चिनिन्छ।

प्रयोगशालामा वानस्पतिक अनुसन्धानको सुविधा उपलब्ध छ, जहाँ विभिन्न वनस्पति हुने स्थान र तिनको स्वभावबारे अभिलेख नै राखिएको छ। र, वनस्पति र बिरुवाको जीवन र इतिहासबारे अभिलेखमा उल्लेख छ। जस्तो- नेपालमा ३० प्रजातिका गुराँस पाइन्छन् । ती कहिले फुल्छन् भन्ने अभिलेख पाइन्छ, यहाँ। प्रयोगशालाभित्र फेनेरोग्याम्स, क्रिप्टोग्याम्स (फल्गी, फन्जाई र लाइकेन), क्रिप्टोग्याम्स (ब्रायोफाइटा र टेरिडोफाइटा), डिजिटाइजेसन, जाइलेरियम, प्लान्ट इकोलोजी, साइटोलोजी र प्लान्ट प्रोटेक्सन शाखा छन् ।

प्रयोगशालामै औषधिजन्य र रेसादार वनस्पतिका सात सयवटा नमुना रहेको संग्रहालय पनि छ। यस्तै, पुस्तकालयमा वनस्पतिसम्बन्धी तीन हजार दुई सय ३१ पुस्तक र दुई हजार एक सय १५ जर्नल छन् । प्रयोगशालाकै जस्तो अभ्यास बेलायतको राजधानी लन्डनस्थित संसारकै ठूलो वनस्पति संग्रहालय ‘रोयल बोटानिक गार्डेन’मा पनि छ, जहाँ संसारभरका वनस्पति संगृहीत छन् । ‘अन्तराष्ट्रिय गार्डेनको सूचीमा पर्न सफल भएको छ, यो क्षेत्र,’ वनस्पतिविद् श्रेष्ठ भन्छन्, ‘यसलाई राष्ट्रिय सम्पदाको अवधारणामा विकास गर्नु जरुरी छ।’

Previous Post

न्हूजः पुस्तकालयको गर्विलो इतिहास

Next Post

प्रधानसेनापति शर्मा र बेलायती राजदूतबीच भेट

Related Posts

सुरु भयो गौराति भीमेश्वर मेला
कल्चर/हेरिटेज

सुरु भयो गौराति भीमेश्वर मेला

२०८० मंसिर ११ गते, १५:३४ बजे प्रकाशित
साधु-सन्यासीको निशान यात्रा चतरा गद्दीबाट बराहक्षेत्र प्रस्थान
कल्चर/हेरिटेज

साधु-सन्यासीको निशान यात्रा चतरा गद्दीबाट बराहक्षेत्र प्रस्थान

२०८० मंसिर ९ गते, १३:५८ बजे प्रकाशित
हरिबोधनी एकादशी- देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
कल्चर/हेरिटेज

हरिबोधनी एकादशी- देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

२०८० मंसिर ७ गते, १३:०१ बजे प्रकाशित
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
कल्चर/हेरिटेज

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

२०८० मंसिर ५ गते, ११:५८ बजे प्रकाशित
मिथिलामा दिपावली र छठको उमंग
कल्चर/हेरिटेज

मिथिलामा दिपावली र छठको उमंग

२०८० कार्तिक २६ गते, ११:५७ बजे प्रकाशित
संकटमा जोगी
कल्चर/हेरिटेज

संकटमा जोगी

२०८० कार्तिक १६ गते, १२:५२ बजे प्रकाशित
Next Post
प्रधानसेनापति शर्मा र बेलायती राजदूतबीच भेट

प्रधानसेनापति शर्मा र बेलायती राजदूतबीच भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
0

राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर १७ गते, ४:०९ बजे प्रकाशित
0

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist