काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बनारसको ललिता घाटबाट विश्वनाथ करिडोर उदघाटन गरेका छन्।
उनले ललिता घाटमा स्नान गरेर काशी विश्वनाथ करिडोर उदघाटन गरेका हुन् ।
त्यो पवित्र ललिताघाट १९ औं शताब्दीमा नेपालका राजा रणबहादुर शाहले निर्माण गराएका थिए । यसबाट नेपाल-भारत सम्बन्धको प्राचीन बिशिष्टता झल्काउने जानकारहरू बताउँछन्।