काठमाडौं- खानाका पारखीहरू रेस्टुराँमा गएर नयाँ-नयाँ परिकारको स्वादमा रमाउने मात्र होइन, घरमा पनि त्यस्तै परिकार बनाएर खाने सोख राख्छन्। आज हामी खानाका पारखीहरूका लागि घरमै बसी-बसी कोरियन किम्बब बनाउने तरिकाबारे चर्चा गर्दैछौं।
आवश्यक सामग्री
(१) नुरी सिट
(२) किकोमन सोया सस
(३) वासाबी पेस्ट
(४) सुसी राइस (टाइजिन राइस)
(५) तिलको तेल
(६) तिलका दाना
(७) नुन
(८) काँक्रो, गाँजर, एभोकाडो, सलाद पत्ता
(९) हरियो प्याजको पत्ता
(१०) कुखुराको मासु
(११) गंगटोको मासु (क्र्याब स्टिक)
(१२) च्याउ
बनाउने तरिका
शुरुमा टाइजिन चामललाई भिजाउने। अनि चामललाई सफा पानी आउने गरी पखाल्ने। त्यसपछि ग्यास सानो बनाएर भाँडामा राखी ३५ मिनट पकाउने। त्यसपछि पकाएको भाँडाबाट भातको सिता नफुटाई अर्को भाँडामा सार्ने।
त्यसमा नुन तथा तिलको दाना र तिलको तेल। टेस्ट आउने गरी चिनी हाल्ने। अब किम्बल राइस रेडी भयो। अनि किम्बल बनाउने म्याटर नुरी सिट, किकोमन सोया र वासाबी पेस्ट हाल्ने।
त्यसपछि कुखुराको मासु, काँक्रो, गंगटाको मासु, एभोकाडो र च्याउ हाल्ने। अनि रोल्ड गर्ने। नुरी सिडबाट १२ पिस हुने गरी काट्ने। अनि वासाबी र किकोमन सोयासँग मिसाउने। किम्बलका १२ वटा पिसलाई चपस्टिकको सहायताले खाने। यो एकदमै स्वस्थ परिकार हो। यो संसारमै सबैभन्दा चलेको खानाको परिकारमा पर्छ।
विदेशमा पनि नेपाली युवाले सबैभन्दा बढी पैसा कमाउने र सजिलै रोजगारी पाउने सीप हो यो। सोही कारण विदेश जानेहरूका लागि सेफ्स बर्गर नेपालले यसका स्पेसल क्लास सञ्चालन गर्दै आएको छ। यहाँ विदेशमा यही पेशामा काम गरेर र राम्रो पैसा कमाएर आएका सेफहरूले सीप सिकाउँछन्।
अहिले यसको एडभान्स र स्पेसल कोर्सहरूमा १५ प्रतिशत डिस्काउन्ट अफर चलिरहेको छ। सुनौलो मौका नगुमाउनु होला। त्यसैगरी, बारिस्टा, कुलिनरी आर्ट, सुसी तालिम पनि चलिरहेको छ। इच्छुकहरूलाई सुनौलो मौका छ।
(लेखक सेफ्स बर्गर नेपालका संस्थापक तथा एक्जुकेटिभ सेफ हुन्)