काठमाडौं- सिरहा भगवानपुर गाउँपालिका-४ दशगजा बस्ने सुनिल साहको परालको टालमा बिहीबार दिउँसो अचानक आगलागी हुँदा आगोले जलेर सोही ठाउँ बस्ने महेश साहको छोरा ८ वर्षीय गौतम साहको मृत्यु भएको छ । परालको टाल नजिकै खेल्दै गरेका गौतम साह र सोही ठाउँ बस्ने महेश साहको छोरा ७ वर्षीय आकाश साह जलेर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठाडी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले दुवै घाइते बालकहरुको उद्धार गरी उपचारको लागि भारततर्फ लैजाने क्रममा गौतम साहको बाटोमै मृत्यु भएको हो । आगलागीबाट २ वटा परालको टाल पूर्णरुपमा जलेर करिब २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ रतुवामाई नगरपालिका-८ उल्लुकुट्टु बस्ने गोबिन्द कडरियाको खेतमा को.१ त ४०४८ नम्बरको थ्रेसर जडित ट्याक्टरले धान झार्ने क्रममा उक्त थ्रेसरको पराल फ्याक्ने ठाउँबाट बिहीबार दिउँसो अचानक आगलागी हुँदा धान, थ्रेसर तथा ट्याक्टर जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनुषा मिथिला नगरपालिका-९ बेंगाडावरस्थित सार्वजनिक माबिको कम्पाउण्डभित्र पार्किङ गरी राखेको विश्वनाथ महतोको ज.९ प ९४८ नम्बरको मोटरसाइकलमा गएराति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।