काठमाडौ- संखुवासभा पाँचखपन नगरपालिका-७ कालिकोटे गाउँ बस्ने ८३ वर्षीय धन बहादुर खड्काको सोही नगरपालिका-७ सनगाउँस्थित बाटोबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-७ स्थित साप्ताहिक लाग्ने बिहिबारे बजार आई घर फर्किने क्रममा उक्त बाटोबाट लडेर उनको मृत्यु भएको हो ।
बाँके बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने ४८ वर्षीय खडक बहादुर सुनारको झ्यालबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने ५१ वर्षीय भविलाल दमाईको बन्दै गरेको घरमा घरको झ्यालमा वेल्डिङ गर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।