काठमाडौं- दाङ घोराही उपमहानगरपालिका-१६ स्थित सडकमा रा.१ च ३८५ नम्बरको जिपले रा.४ प ४०२ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ बुढीगंगा गाउँपालिका-२ टंकीस्थित सडकमा प्रदेश १-०४००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाईडरमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका-४ आईतबारे बस्ने २६ वर्षीय सुरज खनालको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङ विराटनगर महानगरपालिका-११ रामपुर चोकमा को.२ त ७१३९ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय मुन्ना कुमार साहनीको बिहीबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की पोखरा महानगरपालिका-२ बागलुङ बसपार्कस्थित सडकमा ना.४ ख ६९८९ नम्बरको टिपरले ग.७ प ४८८० नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-३ नदीपुर बस्ने ५७ वर्षीय हरि प्रसाद शिल्पकारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
यसैगरी कास्की पोखरा महानगरपालिका-२६ विजयपुरस्थित सडकमा लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक लमजुङ पार्चे बस्ने ४२ वर्षीय भिम बहादुर तामाङ सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।