Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २३ गते, १८:४६ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
कात्तिकमा सुदूरपश्चिममा सवारी दुर्घटनाबाट २८ को मृत्यु
75
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- बाँके, बाजुरा, रुपन्देही, उदयपुर, बारा, धनुषा र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

बाँके कोहलपुर नगरपालिका-८ पिपिरीस्थित सडकमा भे.४ प ८१५१ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने ७० वर्षीय श्रीराम जैशीको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलले उक्त साइकललाई ठक्कर दिँदा सोही दिशाबाट जाँदै गरेको भे.१ त ५८१६ नम्बरको ट्याक्टरले पछाडीबाट पुन साइकललाई ठक्कर दिँदा जैशी गम्भीर घाइते भएका थिए । मोटरसाइकल र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाजुरा हिमाली गाउँपालिका-६ धुलाचौर बजारमा सु.प.प्र.०१ ००१ ज ११६४ नम्बरको जिपको ठक्करबाट हिमाली गाउँपालिका-६ पाडी घर भई धुलाचौर बजारमा होटल ब्यवसाय गरी बस्ने बिर्ख रोकायाको छोरा २ वर्षीय अंकित रोकायाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको हो ।  जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही सियारी गाउँपालिका-७ अमुवास्थित भित्री सडकमा लु.२ ख ७६६ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय ओम बहादुर कार्कीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई तिलोत्तमा नगरपालिका-१४ मंगलपुरचोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर चौदण्डिगढी नगरपालिका-३ हात्तिसारस्थित भित्री सडकमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २- ०३-००९ प ४८४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सप्तरी मौहुली बस्ने २५ वर्षीय बिजय घतानीको उपचारको लागि घोपा धरान पठाइएको छ ।

बारा जितपुरसिमरा उपमहानगरपालिका-१ टेलिकम नजिकै सडकमा विकाससिल चोकबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह ५३१६ नम्बरको अटो आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा अटोमा सवार  सोही ठाउँ बस्ने रविन कार्कीको छोरी १३ दिनकी शिशु इभा कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्पाईन अस्पताल सिमरामा हुँदै थप उपचारको लागि ब्योधा अस्पताल वीरगंज लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा औरही गाउँपालिका-१ झिटकैयास्थित भित्री सडकमा स.११ प २५७० नम्बरको मोटरसाइकल र ज.६ प २३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स.११ प २५७० नम्बरको मोटरसाइकल चालक २१ वर्षीय राकेश पण्डितको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनाको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

कैलाली टिकापुर नगरपालिका-१ बनगाउँ दक्षिण पुरुवास्थित भित्री सडकमा से.१ त २१७० नम्बरको ट्याक्टरबाट लडेर जानकी गाउँपालिका-६ जगतपुर बस्ने २७ वर्षीय अम्मर चौधरीको बुधबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

Previous Post

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Next Post

मृत अवस्थामा फेला

Related Posts

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत
देशभर

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
आगामी तीन दिनसम्म मौसम सफा रहने
देशभर

मौसम : ३ प्रदेशमा मौसम सफा

२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
देशभर

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी
feature-news-with-image

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

सोती घटना : २३ जनालाई जन्मकैद

२०८० मंसिर १९ गते, २०:२० बजे प्रकाशित
४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ
देशभर

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०८० मंसिर १९ गते, १९:५५ बजे प्रकाशित
Next Post
करेन्ट लागेर मृत्यु

मृत अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist