नवलपरासी पूर्व- देवचुली नगरपालिका-१४ साहारा चोक बस्ने ४४ वर्षीय सुरेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।