काठमाडौं- सर्लाही-४ का संघीय सांसद अमरेशकुमार सिंहले महाधिवेशन प्रतिनिधिको निर्वाचन हारेका छन् ।
संस्थापनइतर समूहमा रहेका सिंहको प्यानल पराजित भएको हो । प्रदेश–२ का मन्त्री वीरेन्द्रप्रसाद सिंहको समूह विजयी भएको छ ।
सर्लाही-२ मा उनीहरूबीचको टकरावका कारण अधिवेशन प्रभावित हुँदै आएको छ । प्रदेश–२ का मन्त्री सिंह कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन् ।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल छन् ।
चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखाकुमारी देवी, सुनैना देवी र अमृतीकुमारी साह विजयी भएका छन् ।
प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मीनारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।