Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २१ गते, १४:२४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

file photo

85
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- बैतडी, रुकुम पश्चिम, सर्लाही, कैलाली र झापाका छुट्टछुट्टै स्थानामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

बैतडी पाटन नगरपालिका-१ सकारस्थित सडकमा पाटनबाट सकारतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार सुरनया गाउँपालिका-४ बस्ने २४ वर्षीय प्रेम सुनारा सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये १ जनालाई डडेल्धुरा अस्पताल डडेल्धुरा र ४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएकोमा ३ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । सामान्य घाइते भएका जिप चालकको प्रहरीको निग्रानीमा उपचार भइरहेको छ ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ स्थित रातामाटा भन्ने स्थानमा रा.१ ख २१०९ नम्बरको बस सोमबार साँझ दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार ३८ जनालाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा ५ जनालाई नेपालगञ्जतर्फ रिफर गरिएको छ भने १३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाही हरिवन नगरपालिका-९ सुखेपोखरीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली जानकी गाउँपालिका-४ डाँडा कञ्चनपुरस्थित सडकमा पहलवालपुर कन्द्रा नदीबाट बालुवा लिएर टिकापुरतर्फ जाँदै गरेको से.१ त ५९४४ नम्बरको ट्याक्टरबाट खसेर टिकापुर नगरपालिका-२ विजयनगर शिविर बस्ने २३ वर्षीय अरुण चौधरीको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा मेचीनगर नगरपालिका-१२ पानी टंकी छेउस्थित सडकमा रोकेर राखेको को.१ त ४०१६ नम्बरको ट्याक्टरमा मे.९ प ६००३ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बुद्दशान्ति गाउँपालिका-२ बस्ने ३५ वर्षीय भिम प्रसाद पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल चारआली हुँदै बिर्तासिटी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Previous Post

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

Next Post

मृत अवस्थामा फेला

Related Posts

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत
देशभर

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
आगामी तीन दिनसम्म मौसम सफा रहने
देशभर

मौसम : ३ प्रदेशमा मौसम सफा

२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
देशभर

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी
feature-news-with-image

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

सोती घटना : २३ जनालाई जन्मकैद

२०८० मंसिर १९ गते, २०:२० बजे प्रकाशित
४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ
देशभर

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०८० मंसिर १९ गते, १९:५५ बजे प्रकाशित
Next Post
सप्तरीमा युवती मृत फेला

मृत अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist