ल्हासा- चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकालले स्थानीय लगानीकर्ताहरूसँग छलफल गरेका छन्।
मंगलबार ल्हासामा भएको छलफलमा नेपालमा चिनियाँ लगानी भित्र्याउन सकिने सम्भावनाबारे विमर्श भएको महावाणिज्य दूत ढकालले जानकारी दिए।
उनका अनुसार चाइना एसोसिएसन अफ ट्रेडका उच्चअधिकारीहरूसँग नेपालमा लगानीका अवसरका बारेमा छलफल भएको हो । `उनीहरू केहीले नेपालमा लगानी गरेको र केही लगानी गर्ने सोचमा रहेछन्,´ ढकालले भने, `मैले लगानी सहजीकरणको लागि नेपाली महावाणिज्य दूतावास सदैव तयार रहेको बताएँ । उनीहरू छिट्टै नेपाल जाने तयारीमा छन्।´