मकवानपुर- मनहरी गाउँपालिका-७ मनहरी पुल छेउबाट राक्सिराङ गाउँपालिका-२ बस्ने २७ वर्षीय विनोद मोक्तानलाई करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले फलासेबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।