Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home दृष्टि/संवाद

‘कम्युनिस्टले विकास गर्छन् भन्ने भ्रमबाट जनता बाहिर निस्किसके’

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर १६ गते, १५:१५ बजे प्रकाशित
in दृष्टि/संवाद
0
‘कम्युनिस्टले विकास गर्छन् भन्ने भ्रमबाट जनता बाहिर निस्किसके’
79
SHARES
Share on FacebookShare on Twitter

केशवराज पाण्डे झापा कांग्रेसका लोकप्रिय युवा नेता हुन् । त्यसैको परिणामस्वरूप पार्टीको १४ औँ अधिवेशनबाट उनी लोकप्रिय मतका साथ कांग्रेस जिल्ला उपसभापति निर्वाचित भएका छन् । विद्यार्थी जीवनदेखि नै उनी निरन्तर कांग्रेस राजनीतिमा छन् । व्यावसायिक पृष्ठभूमिका साथ उनले राजनीतिलाई अगाडि बढाइरहेका छन् । उनै पाण्डेसँग नेपाली हेडलाइनले गरेको संवाद :

राजनीतिबाट टाढै बसेर नितान्त व्यवसायमा रमाइरहनुभएको थियो, एक्कासी राजनीतिमा आउनुभयो, यो कस्तो संयोग हो ?

मैले राजनीति र व्यवसायलाई सँगसँगै लिएर गइरहको छु । राजनीतिमा पनि धेरै समय बिताइसकेको छ । विद्यार्थी छँदा झापास्थित कन्काई क्याम्पसको स्ववियु सभापति भएर काम गरेँ । व्यवसायमा पनि मेची उद्योग वाणिज्य संघको अध्यक्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा तेस्रो कार्यकालसम्म रहेर काम गरेँ । राजनीति गर्ने व्यक्ति अरूसँग आश्रित हुनुभन्दा पनि व्यवसायलाई सँगै लिएर बढेको हुँ । आफूले सक्दा अरू युवालाई पनि आर्थिकलगायत अन्य सहयोग गर्ने वातावरण बनेको छ । यो सबै कुरालाई समेटेर अघि बढेका कारण म कांग्रेस झापा जिल्लाको उपसभापति पदमा निर्वाचित भएको छु ।

कांग्रेसलाई बुढाहरूको पार्टी भन्ने गरिएको छ । १४ औं अधिवेशनबाट युवा पुस्ताको पनि जबर्जस्त उपस्थिति देखिएको छ । यसले पार्टीको भविष्य कस्तो बन्ने देख्नुहुन्छ ?

कांग्रेसमा जतिवेला बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंहलगायतले नेतृत्व गर्नुहुन्थ्यो, त्यो समयमा उहाँहरू पनि युवा नै हुनुहुन्थ्यो । पछि वृद्ध बन्नुभयो, हाम्रो अभिभावक बन्नुभयो, बितेर जानुभयो । अहिले युवाको उपस्थिति हुँदै गर्दा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू हाम्रो अभिभावक हुनुहुन्छ ।

सभापति देउवा, वरिष्ठ नेता पौडेललगायत नेताहरू हाम्रो उमेरमा राजनीतिबाट विभिन्न पदमा पुगिसक्नुभएको थियो । हिजोदेखि समावेशितामा बीपी कोइरालाको विशेष जोड थियो । नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने युवालाई समेटेर अगाडि बढेको पाइन्छ । यसका साथै सबै कला, भाषा, साहित्य भएको समुदायलाई समेट्ने कांग्रेसको मुख्य नीति छ । यही सिद्धान्तलाई अभ्यास गर्दै आएको कारण नेपाली कांग्रेसको विधान पनि अत्यन्तै फराकिलो छ । यसले गर्दा अहिले महिलाको पनि उपस्थिति बलियो छ ।

कांग्रेसको प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी ओलीले एकलौटी ढंगले नेतृत्व गरेको देखिन्छ । ओलीकै गृहजिल्ला झापा कांग्रेसको उपसभापति भएको हिसाबले आगामी चुवावमा ओलीको उपस्थितिलाई कसरी च्यालेन्ज गर्नुहुन्छ ?

केपी ओलीको मात्रै कुरा होइन, विशेषगरी कम्युनिस्टहरू भनेकै एकतन्त्रीय दृष्टिकोणबाट आफूलाई स्थापित गर्दै आएको पाइन्छ । चीनसहित विश्वमा कम्युनिस्ट शासन भएका मुलुकका शीर्ष नेताहरू आफू मात्रै नेतृत्वमा हुनुपर्छ भनेर लामो समयदेखि पद ओगटेर राखेको देखिन्छ । शक्ति आर्जन गरेर त्यसैको आधारमा नेतृत्व गरेको देखिन्छ । तर, लोकतन्त्रको सुन्दर पक्ष भनेको नेतृत्व परिवर्तन हो । लोकतन्त्रमा कार्यकर्ताहरूको चाहनाअनुरूप नै नेतृत्व निर्माण हुन्छ । जनभावनाअनुसार मुलुक सञ्चालन गर्न पाउनुपर्छ भन्ने सुन्दर पक्ष नेपाली कांग्रेसभित्र छ ।

जहाँसम्म केपी ओली सशक्त भन्ने कुराहरू आएको छ, कम्युनिस्ट पार्टीलाई सर्वहाराको नेतृत्व गर्ने पार्टी भन्ने चलन छ । मान्छे सधैँ गरिब र सर्वहारा नै रहिरहनुपर्छ भन्ने मान्यता कम्युनिस्टहरूमा देखिन्छ । जुन दिन कांग्रेसले यो मान्यतालाई चिर्न सक्छ, त्यो चिराइले नै कांग्रेस बलियो हुन्छ । यसका लागि कांग्रेस राजनीतिक परिवर्तनका लागि खट्नुपर्छ ।

देशमा प्रजातन्त्र स्थापना भइसकेपछि पनि कम्युनिस्टको घेराबन्दीका कारण कांग्रेसलाई काम गर्ने वातावरण सिर्जना हुन सकेन । कांग्रेसले राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनको काम गर्न पाएन । माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, एमाले अध्यक्ष केपी ओलीलगायत कम्युनिस्ट नेताहरू सर्वहाराको नारा दिएर सत्तामा पुगेपछि आर्थिक रूपमा मुलुकले फड्को मार्न सकेन ।

एक वर्षभित्र चुनावमा जानुपर्नेछ । स्थानीय तह हुँदै प्रदेश र संघको चुनावमा कांग्रेसका एजेन्डा के हुन्छन् ? केही न केही नयाँ एजेन्डा त जनतालाई दिनुपर्‍यो होला नि ?

हाम्रो प्रमुख एजेन्डा भनेको देशमा शान्ति सुव्यवस्था कायम गर्नु हो । स्वतन्त्रतासहितको मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानु छ । सम्भावना बोकेको देश नेपाललाई समृद्ध बनाई विश्वभर चिनाउनु कांग्रेसको एजेन्डा हो । विभिन्न घेराबन्दीमा परेका कारण कांग्रेसको यो सपना हिजोको दिनदेखि नै पूरा गर्न सक्ने वातावरण नै बन्न सकेन । राजनीतिक परिवर्तनसँगै कांग्रेस घेराबन्दीबाट मुक्त भएको कारण कांग्रेसले अब मुलुक समृद्धिको सपना पूरा गर्नुपर्ने हुन्छ । कम्युनिस्टले विकास गर्छन् भन्ने भ्रमबाट पनि जनता बाहिर निस्किएका छन् । युवालाई मुलुकमै अवसर दिनेतर्फ पनि कांग्रेसको ध्यान गएको छ । तसर्थ अबको चुनावमा हामी यिनै एजेन्डा बोकेर जनतासमक्ष जानेछौं ।

तपाईंकै व्यक्तिगत कुरा गरौँ । कांग्रेस झापा जिल्ला उपसभापति बन्नुभयो, अबको राजनीतिक करिअर कसरी अगाडि बढाउनुहुन्छ ?

राजनीति र व्यवसायमा संघर्ष गर्दै यो स्थानसम्म आएको छु । भोलिको दिनमा कांग्रेसलाई अझै बलियो बनाएर झापा जिल्लाको नेतृत्व गर्ने गरी आफूलाई सक्षम बनाउने छु । सबै पक्षलाई समेटेर काम गर्ने योजना छ ।

आगामी चुनावमा तपाईंको तयारी के छ ?

मेरो तयारी यही छ भन्नु भन्दा पनि पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्नेछु । आफ्नो मात्रै इच्छाले भन्दा पनि हाम्रो विभिन्न तहमध्ये मलाई पार्टीले जुन स्थानमा खटाउँछ, म त्यहींको सिपाही बनेर जिम्मेवारी वजहन गर्नेछु ।

Previous Post

फेरि पनि वामपन्थी र कम्युनिस्टहरूबीच एकता : एमाले उपाध्यक्ष ज्ञवाली

Next Post

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

Related Posts

एड्सको भयावहता अझै छ कायम
दृष्टि/संवाद

एड्सको भयावहता अझै छ कायम

२०८० मंसिर १५ गते, १८:११ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
दृष्टि/संवाद

सेनाभित्रका बेथितिमाथि नागरिकले प्रश्‍न गर्न किन नपाउने?

२०८० मंसिर ६ गते, १६:३७ बजे प्रकाशित
‘राजतन्त्रका लागि सजाइएका पात्र तिहारका पुर्षुंगीजस्ता’
दृष्टि/संवाद

‘राजतन्त्रका लागि सजाइएका पात्र तिहारका पुर्षुंगीजस्ता’

२०८० मंसिर १ गते, १७:४५ बजे प्रकाशित
अर्थतन्त्रमै योगदान दिने फूललाई किन बेवास्ता सरकार ?
दृष्टि/संवाद

अर्थतन्त्रमै योगदान दिने फूललाई किन बेवास्ता सरकार ?

२०८० कार्तिक २९ गते, १७:२० बजे प्रकाशित
हमास युद्धमा बालबालिका प्रताडित, शक्तिशालीको रहस्यमय मौनता
दृष्टि/संवाद

हमास युद्धमा बालबालिका प्रताडित, शक्तिशालीको रहस्यमय मौनता

२०८० कार्तिक २० गते, १८:१५ बजे प्रकाशित
नेतागण, आफैंलाई आलोचना गर्ने कि ?
दृष्टि/संवाद

नेतागण, आफैंलाई आलोचना गर्ने कि ?

२०८० अशोज २९ गते, १९:३० बजे प्रकाशित
Next Post
टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
0

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist