धनुषा- मिथीला नगरपालिका-१० लालगढस्थित धनेश्वर मन्दिर निर्माणको लागि स्टोरमा राखिएको करिब ७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको अन्दाजी ६ सय ४ केजी तामाको पाता बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।