काठमाडौ- काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-४ घर भएका ४२ वर्षीय पुष्कर खड्काको कोठाबाट नगद ३ लाख रुपैयाँ र सुन तथा चाँदीको विभिन्न गरगहना समेत गरी करिब ६ लाख ८८ हजार ६ सय १५ रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।