Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर १४ गते, ८:२४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान
125
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो ।

नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसक्नुभएको छ । विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।

अरू सबै पदमा सर्वसम्मत भएको छ । अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिनुभएको छ । यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो । सर्वसम्मत पदाधिकारीलगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।

Previous Post

कांग्रेस भक्तपुरको सभापतिमा थापा पुनः निर्वाचित

Next Post

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

Related Posts

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत
देशभर

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
आगामी तीन दिनसम्म मौसम सफा रहने
देशभर

मौसम : ३ प्रदेशमा मौसम सफा

२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
देशभर

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी
feature-news-with-image

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

सोती घटना : २३ जनालाई जन्मकैद

२०८० मंसिर १९ गते, २०:२० बजे प्रकाशित
४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ
देशभर

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०८० मंसिर १९ गते, १९:५५ बजे प्रकाशित
Next Post
प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist