वासिङ्टन- अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।
मेरिल्यान्ड विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उनलाई सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हितमा काम गर्ने प्रेरणा दिन अतुलनीय भूमिका वहन गरेकामा उनलाई सम्मान गरिएको हो ।
उनलाई कलात्मक उत्कृष्टता र उपलब्धीमार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई अनुकरणीय सेवा पुर्याएकामा सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख छ ।