धनुषा- मिथिला नगरपालिका-२ नक्टाझिजस्थित खोलाबाट बालुवा ल्याउने क्रममा ज.१ त ४१७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक क्षिरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोल बस्ने २५ वर्षीय फेकन महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।