काठमाडौं- काठमाडौं महानगरपालिका-१ नक्साल भगवतीबहालस्थित बिशाल ग्रुपले निर्माण गर्दै गरेको कल सेन्टर अफिसको ४ तलाबाट खसेर काठमाडौं सोह्रखुट्टे बस्ने भारत झारखण्ड घर भएका ३४ वर्षीय अथर आलमको बुधबार दिउँसो मृत्यु भएको छ ।
उक्त तलामा लेवर काम गर्ने क्रममा एक्कासि भुइँमा खसेर गम्भीर घाइते भएका उनको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।