वासिङ्टन– अमेरिकाको विन्कन्सिन राज्यमा तीव्र गतिमा रहेको एसयूभी भीडमा घुस्दा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
रातो रंगको एसयूभी बौकेसा शहरमा भइरहेको क्रिसमस परेडमा तीव्र गतिमा घुसेको थियो । परेडमा डान्स ट्रुप सामेल थिए ।
घटनालगत्तै प्रहरीले एक व्यक्तिलाई हिरासतमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिको चरमपन्थी गतिविधिमा संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।
भीडमा घुसाइएको एसयूभीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।