सर्लाही- गोडैता नगरपालिका-५ रामवनमा १८ वटा गोठ आगलागीबाट नष्ट भएका छन् ।
स्थानीय रामबचन साहसमेत १८ जनाको गोठ र परालको टालीमा आइतबार राति आगलागी भएको हो ।
सबैमा गरी करिब दुई लाख ३८ हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।