भरतपुर,२६ कार्तिक ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष प्रकाश दवाडीको कार्यलयमा स्थानीयले तालाबन्दि गरेका छन ।
वडा भित्र ४ वर्ष अघि भएको मेलाको हिसाब अडिट गरेर सार्वजनीक नगरेको, खेल मैदान बनाउने भनेर बजेट खर्च भएको भएपनि व्यवस्थीत मैदान नबनेको, गरिवका लागि सरकारी बजेटमा बनेको घर मापदण्ड विपरीत बनाईएको, वडा अध्यक्षले एक्लै आफू निकट व्यक्तिहरुको समिति बनाएर काम गर्ने गरेको भन्दै विरोध स्वरुप स्थानीयले ताला लगएका हुन ।
वडा भित्रका विकास निमार्णका कार्यहरुका बारेमा हिसाबमाग्दै ज्ञापन पत्र बुझाउँदा समेत वेवस्था गरेपछि यो कार्य गर्न बाध्य भएको ताला लगाउने मध्येका एक सुर्य बहादुर थापाले बताउनु भयो । उहाँले सार्वजनिक सुनाई जस्ता कार्यक्रमलाई प्राथमिकतामा वडाले नराख्दा वडा अध्यक्षको कार्यलयमा ताला लगाउन बाध्य भएको बताउनु भयो ।
२५ असोजमा ज्ञापन पत्र मार्फत जानकारी दिइएपनि ताला लगाउन बाध्य भएको विकास रेग्मीले बताउनु भयो । हामीले २३ गते पनि ताला लगाएका थियाँै तर माग पुरा गर्नको साट्टो ताला फोरिएपछि पुनःविहिवार ताला लगाएको उहाँले बताउनु भयो । वडाको सुशासनको लागि आफुहरुले उठाएको मागका वारे वडाले वेवस्ता गरे कडा संघर्षको कार्यक्रममा उत्रने उहाँको चेतावनी छ ।