दाङ- सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा १२ को मृत्यु भएको छ ।
प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार ना२ख २५५२ नम्बरको बस कपुरकोटको खारखोलानजिक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको बताए। दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ।
बसमा करिब ३० यात्रु रहेको प्रहरीको अनुमान छ । बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
घटनास्थलमा यात्रीको उद्धार जारी छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।