ताप्लेजुङ- मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे१झ ३१७० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ ।
शनिबार राति मैवाखोलाको मिल्केडाँडामा एम्बुलेन्स दुर्घटनामा परेको थियो । त्यसमा सवार मैवाखोला–२ की हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा चालकसहित सातजना सवार थिए । अरु ६ जना सामान्य घाइते भएका छन् ।
मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो ।