नयाँदिल्ली- भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १० हजार आठ सय ५३ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमणबाट पाँच सय २६ जनाको मृत्यु भएको छ । उक्त अवधिमा १२ हजार चार सय ३२ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा एक लाख ४४ हजार आठ सय ४५ सक्रिय संक्रमित छन् । हालसम्म एक अर्ब आठ करोड २१ लाख ६६ हजार तीन सय ६५ जनाले कोरोनाविरुद्ध खोप प्राप्त गरेका छन् ।