काठमाडौं- देशका विभिन्न भूभागमा तीनजना मृत अवस्थामा फला परेका छन्।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ आँपबोटेस्थित ब्रह्माणी नदीको किनारमा सोही ठाउँ बस्ने ४० वर्षीय राजु नेपाली आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१२ बेलभरियास्थित खेतको किनारको घाँसको झाङमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीया महिला आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन्।
धनुषाको जनकपुर उपमहानगरपालिका–४ कदम चोक नजिक हाल, नाम, थर, वतन नखुलेका ४० वर्षीया ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।