काठमाडौं- बहुमत जुटाउन नसकेपछि प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् ।
वागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जस्तै आचार्यले पनि बहुमत जुट्ने नदेखेपछि विश्वासको मत लिनुअघि राजीनामा घोषणा गरेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएयता आफ्नो सरकारले गरेका कामका बारेमा जानकारी दिँदै राजीनामा घोषणा गरेका हुन् । उनी १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनीभन्दा अगाडि एमालेकै शेरधन राई मुख्यमन्त्री थिए । उनले राजीनामा दिएपछि बहुमतप्राप्त दलको नेताको हैसियतमा आचार्य मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मत प्रस्तावमाथि निर्णय गर्न सोमबार प्रदेशसभा बैठक बसेको थियो । मत विभाजनअघि नै राजीनामा दिएका हुन् । उनले ५ कात्तिकमा प्रदेशसभामा विश्वासको मत प्रस्ताव गरेका थिए ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ (सभामुखसहित), कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । तीमध्ये एमालेका एक सांसद किर्ते मुद्दामा परेपछि फरार छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी ४९ सांसद छन् । बहुमत पु¥याउन ४७ सांसद भए पुग्छ । विपक्षी गठबन्धनसँग नयाँ सरकार बनाउन पर्याप्त संख्या छ ।