काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ ।
स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
यस्तै महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९०० थियो ।
महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला १ हजार २६५ रुपैयाँ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।